
धनगढीको सिपी अस्पतालको सहयोगमा कञ्चनपुरको लालझाडीमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। अस्पतालको सहयोग र लालझाडी युवा कल्व–११ को आयोजनामा स्वर्गीय विष्णुबहादुर दानपालीको सम्झनामा शनिवार स्वास्थ्य शिविर सञ्चालन भएको हो।

प्रदेश सभा सदस्य वीरबहादुर थापाले उद्घाटन गरेको स्वास्थ्य शिविरमा ८५० जनाको निःशुल्क स्वास्थ्य चेकजाँच र औषधि वितरण गरिएको लालझाडी युवा क्लव–११ ले जनाएको छ। स्वास्थ्य शिविरमा ११० जनाको निःशुल्क अल्ट्रासाउण्ड र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई शल्यक्रिया र प्रयोगशाला परीक्षण शुल्कमा २५/२५ प्रतिशत छुट गरिने सिपी अस्पतालका अध्यक्ष डाक्टर सिपी पाण्डेले बताए।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/07/18, 6:02
2020/05/28, 7:10
2020/09/28, 9:08