भारतबाट आएका बझाङका एक जनाको आरडीटी परिक्षण रिर्पोट पोजेटिभ
2020/05/12, 6:41
 
korona

भारतको झुलाघाटबाट बझाङ आएका एक जनामा कोरोना पोजेटिभको लक्षण देखिएको छ । बैशाख १८ गते झुलाघाटबाट घर आएर क्वारेन्टाइनमा बस्दै आएका एक जनामा आरडीटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएको हो ।

आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई तत्काल जिल्ला अस्पताल ल्याएको जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बताए । आरडीटी टेष्ट किटद्वारा परीक्षण गर्दा संक्रमण भए पनि संक्रमण नभएको वा संक्रमित नभए पनि संक्रमित भएको देखाउने दुबै खालको कमजोरी हुने भएकाले स्वाब परीक्षण गरेर रिपोर्ट आएपछि मात्र कोरोना पोजेटिभ वा नेगेटिभ भन्ने थाहा हुने उनको भनाइ छ ।

आरडीटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएपछि उनीसँगै क्वारेन्टाईनम बस्दै आएका १० जनाको पनि स्वाव परिक्षणका लागि धनगढी पठाउने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । हालसम्म जिल्लामा गरेको आरडीटी परिक्षणबाट पोजेटिभ रिपोर्ट आएको यो पहिलो घटना हो ।