धनगढी प्रयोगशालामा थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८ सय नाघ्यो
2020/07/02, 3:03
 
korona

सुदुरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा ८ जना महिला र १८ जना पुरुषमा कोरोना पुष्टि भएको छ । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या दुई हजार ८ सय नाघेको छ ।