पाचौं भजहर कपः नेपाल पुलिस र कर्मचारी ग्रुप विजयी
2025/05/02, 12:59
 
ss

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा भईरहेको निसर्ग हस्पिटल पाचौं भजहर कप फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा नेपाल पुलिस क्लब धनगढी र कर्मचारी ग्रुप विजयी भएका छन् । थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको निसर्ग हस्पिटल पाचौं भजहर कपको दोस्रो दिन भएको पहिलो खेलमा नेपाल पुलिस क्लब धनगढी र दोस्रो खेलमा कर्मचारी ग्रुप धनगढी जित हात पार्दै क्वाटरफाईनल प्रवेश गरेका छन् । 

श्री युवा जनहित क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा नेपाल पुलिस क्लब धनगढीले जाखौर बाबा युवा क्लब मनेहरालाई हराउँदै अन्तिम आठमा स्थान बनाएको छ । पुलिसले जाखौर बाबालाई ३–१ ले हराएर क्वाटरफाईनलमा स्थान बनाएको हो । यस्तै दोस्रो दिन भएको दोस्रो खेलमा कर्मचारी ग्रुप धनगढीले भुमी युवा क्लब बनकटटालाई हराएर क्वाटरफाईनल पुगेको छ । कर्मचारी ग्रुपले भुमी युवा क्लबलाई  ३–१ ले हराएर अघिल्लो चरणमा पुगेको हो । 


वैशाख २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए । प्रतियोगितामा १६ टीमको सहभागीता रहेको छ । 


थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ ।