
कञ्चनपुर - कञ्चनपुरमा जिपको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ आमखैयामा जिपको ठक्करबाट साइकलयात्री कृष्णपुर १ का ५९ वर्षीय अमर साउँदको मृत्यु भएको छ।

गम्भिर घाईते भएको साउदको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । बुधबार बिहान साढे ९ बजे बागमती प्रदेश–०१–०२५ च ३६३४ नम्बरको पिकअप जिपले साउद सवार रहेको साइकललाई ठक्कर दिएको थियो। जिपसहित चालकलाई इलाका प्रहरी कार्यालय गुलरीयाले नियन्त्रणमा लिएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 8:00
2021/05/10, 9:16
2022/12/05, 12:15