
युद्धग्रस्त गाजापट्टीमा प्यालेस्टाइनीप्रति समर्थन व्यक्त र इजरायलको ‘अपराध’को निन्दा गर्न इरानीले देशभर जुलुस निकालेका छन् ।इरानको राजधानी तेहरानका साथै ताब्रिज, शिराज, इस्फाहान, रश्त, बुशेहर, अराक र काज्विनलगायत सहरमा र्याली निकालिएको अर्धसरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ ।

तेहरानमा आयोजित र्यालीमा प्रदर्शनकारीले संयुक्त राज्य अमेरिका र इजरायलविरुद्ध नारा लगाएका थिए । गाजामा प्यालेस्टाइनी र बालबालिकाप्रति समर्थन जनाएका थिए । र्यालीमा प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बरलगायत उच्चपदस्थ इरानी अधिकारीले भाग लिएका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/06/05, 5:09
2022/01/20, 12:11
2023/02/07, 12:37