तीन क्लिनिक शिल, एकमाथि अदालतमा मुद्दा दर्ता
2023/12/10, 11:10
 
ijewhgruisey

 कैलालीका छ वटा फार्मेसी तथा क्लिनिकलाई औषधि व्यवस्था विभागको टोलीले कारबाही गरेको छ । bयहि मंसिर १७ गतेदेखि शनिबारसम्म कैलालीका विभिन्न स्थानमा रहेका फार्मेसीहरुलाई कारबाही गरेको हो ।

अनुगमनका क्रममा दर्ता बिना सञ्चालन रहेका, अयोग्य व्यक्तिले सञ्चालन गरेको, होमियोप्याथिकमा दर्ता भई एलोपेथिक औषधि विक्री वितरण गर्ने लगायतका छ वटा फार्मेसीलाई कारबाही गरिएको औषधि व्यवस्था विभाग नेपालगञ्जका दिपेन्द्र कुमार शाहले जानकारी दिए ।

उनका अनुसार कैलालीको बर्दगोरिया वडा नम्बर ३ खैरेनी तापस लस्करविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ भने गौरिगंगा नगरपालिका वडा नम्बर १ मञ्श्री आयुर्वेद र श्रीवास्तक मेडिकल तथा अत्तरियामा रहेको श्रीजी सर्जिकल सप्लायर्समा शिलबन्दी गरिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित भैरव क्लिनिक सिएमएद्धारा सञ्चालित पसल र जेसि होमियो मेडिकल हलले एलोपेथिक औषधि विक्री वितरण गरिएको पाइएपछि सम्पूर्ण औषधि जफत गरि अनुसन्धान अघि बढाएको उनको भनाई छ । उनले भने –‘थप अन्य अनुगमनमा परेकाहरुलाई औषधि व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।’