सिपी अस्पतालको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर 
2023/12/17, 11:23
 
ss

कञ्चनपुरको लालझाडीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लालझाडी युवा क्लव–११ का पुर्व सल्लाहकार सदस्य स्वर्गीय बिष्णुबहादुर दानपालीको सम्झना तथा स्मृतिमा र धनगढीको चटकपुरमा रहेको सिपि अस्पताल सहयोगमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

7

7

बाईसी बिचवा स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरको लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले उद्घाटन गरेका थिए । 
स्वास्थ्य शिविरमा सिपी अस्पतालका बरिष्ठ चिकित्सक सिपी पाण्डेय लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका छन् ।

6

6

उनीहरुले शिविरमा आएका विरामीहरुलाई विभिन्न चेकजाँच गर्नुका साथै निशुल्क भिडियो एक्सरे लगायतका सेवाहरु दिएका हुन् । स्वास्थ्य शिविरमा ६ सय ५३ जनाले स्वास्थ्य जाँच गराएका छन भने ७० जनाले भिडियो एक्सरे सेवा लिएका छन् । स्वास्थ्य शिविरमा निःशुल्क रुपमा औषधी बितरण गरिएको थियो ।

sds