मेडिकल बिश्वबिद्यालयको प्रक्रिया अगाडी बढिसक्दा प्रतिष्ठानकै अडानमा किन छन् डा. केसी ?
2023/12/17, 11:34
 
dd

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ स्थित निर्माण भएका संरचनामा सरकारले मेडिकल बिश्वबिद्यालय बनाउने आवश्यक प्रक्रिया अगाडी बढाइसकेको छ। बिश्वबिद्यालय सम्बन्धी बिधेयक मन्त्रीपरिषदबाट पारित गरी राष्टियसभामा समेत टेवल भइसकेको छ । सभामा टेवल पछि प्रतिनिधीसभाको समितिले आवश्यक छलफल थालेको छ । संघिय संसदका दुइवटै सदनबाट बिधेयक पारित गर्ने तयारीमा रहेको सरकारले बिश्वबिद्यालय स्थापनाकै प्रक्रिया अनुरुप गेटामा एक सय शैयाको अस्पताल सञ्चालन गरेको दावी गरेको छ।

तर स्वास्थ्य शिक्षा सुधारका माग राख्दै बिभिन्न चरणमा अनशन बस्दै आएका प्राध्यापक डा।गोबिन्द केसी भने गेटामा स्वास्थ्य बिज्ञान प्रतिस्ठाननै बनाउनुपर्ने अडान सहित सत्याग्रहका लागी धनगढी पुगेका छन्। शुक्रबार गेटामै ३ दिने सत्याग्रह बस्ने तयारी सहित त्यहाँ पुगेका केसीलाई बस्न नदिने तयारी प्रशासनकै थियो। तर गेटा मेडिकल बिश्वबिद्यालय स्थापनार्थ सघंर्ष समितिको टिमले डा. केसीलाई बिश्वबिद्यालय बनाउने तयारी निकै अगाडी बढिसकेका कारण प्रतिस्ठानको बिषय बिचमा नल्याउन आग्रह गरेकै बेला डा. केसी समितिसंग कड्किए।

सरकारले आफुसंग गेटामा स्वास्थ्य बिज्ञान प्रतिस्ठान बनाउने सहमती गरेका कारण आफ्नो माग पुरा गर्नुपर्ने तर्क राखे। यही बिषयमा संघर्ष समितिले सुदुरपश्चिममा आउन लागेको ठुलो योजना नरोक्न केसीलाई आग्रह गरे। यसै क्रममा केसी र समिति बिच केही बिवाद भयो। त्यस लगत्तै केसीलाई सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक अमृत जैशीले मोटरसाइकलमा राखेर धनगढीको लक्ष्मीनारायण मन्दिर ल्याए । केसीले शुक्रबार साँझ लक्ष्मीनारायण मन्दिरबाटै सत्याग्रह शुरु गरेका छन्।

केसीले गेटामा अहिले बिश्वबिद्यालय आवश्यक नरहेको तर्क गर्दै आएका छन् । पुर्वाधार तथा अन्य आवश्यक प्राबिधिक कारणपनि अहिलेनै गेटामा मेडिकल बिश्वबिद्यालय बन्न नसक्ने तर्क गरेका डा।केसीले तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले आफुसंग गरेको सहमती अनुसार गेटामा स्वास्थ्य बिज्ञान प्रतिस्ठान बनाउनुपर्नेमा जोड दिए । म संग देउवा प्रधानमन्त्री हुँदा यहाँ स्वास्थ्य बिज्ञान प्रतिस्ठान बनाउने सहमती भएको छ त्यही कार्यान्वयन गर्नुपर्ने मेरो माग हो डा।केसीले भने “कुनै राजनितिक झोलेहरुको धम्कीले म डराउँदैन्, देउवा, ओली, प्रचण्ड कसैसंग डराउँनेवाला छैन, नेपाली जनताको हितमा काम गराउन मैले सहमती गरेको हुँ, म संग भएको सहमती कार्यान्वयन गर्न गेटामा प्रतिस्ठान बनाउनुपर्छ ।”

मलाई गेटाको ति भवनभित्र प्रवेश गर्न दिइएन, तिनै नेताहरका झोलेहरुले मलाई गेटमै रोके उनले भने “कुनै माफियाबाट सञ्चालित समुहलाई मेरा बिरुद्ध लगाइएको छ, गेटामा बिश्वबिद्यालय भनेर यहाँ प्रतिस्ठानपनि बन्न नदिने चलखेल भइरहेको छ, सरकारी प्रतिस्ठान नखोलेर आफ्ना निजि मेडिकल कलेज खोल्न यिनिहरु लागेका छन्, मलाई थाहा छैन, सरकारले भने अनुसार समयमै यहाँ प्रतिस्ठान खोलोस यसैमा भलो हुने छ ।” बिभिन्न आर्थिक मन्दी र काठमाण्डौँमा समेत बिश्वबिद्यालय सञ्चालन प्रक्रियामा रहेकाले धनगढीमा बिश्वबिद्यालय आवश्यक नरहेको उनको तर्क छ ।

तर शहीद दशरथचन्द राष्ट्रिय बिज्ञान बिश्वबिद्यालय सञ्चालनार्थ संघर्ष समितिले डा।केसीलाई सुदुरपश्चिमका जनताको माग अनुसार बिश्वबिद्यालय स्थापनाका लागी आफुहरुसंग एक्यबद्धता जनाउन आग्रह गरेको छ । बिश्वबिद्यालयका लागी प्रक्रिया निकै अगाडी बढिसकेका कारण प्रतिस्ठानको मुद्धा बिचमा नल्याउन समितिले आग्रह गरेको छ । विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले डाक्टर गोविन्द केसी प्रदेशबासीको माग विपरीत देखिएकाले गेटा मेडिकल कलेजमा अनसन बस्न नदिएको जनाएको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै संघर्ष समितिले गेटामा ६ सय शैयाको अस्पतालसहित विश्वविद्यालय निर्माण गर्नुपर्ने प्रदेशबासीको माग विपरीत केसीले स्वास्थ्य प्रतिष्ठानको मुद्दा उठाएकाले अनसन बस्न नदिएको समितिले बताएको हो ।

संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले डाक्टर केसी प्रदेशबासीको भावना र संघर्ष समितिको आन्दोलनको मर्म विपरीत आएकाले अनसन बस्न नदिएको बताए । ‘लामो समयदेखि मेडिकल विश्वविद्यालय चाहियो भनेर यहाँका जनता संघर्ष गरिरहेका छन् । अहिले आएर उहाँले प्रतिष्ठान वा अन्य कुुनै अन्य ढंगले अघि बढाउनुपर्छ भनेपछि जनभावना र हाम्रो आन्दोलनको मर्म विपरीत गएकाले त्यहाँ९गेटा० मा अनसन बस्न नदिएकै हो,’भट्टले भने, ‘मोडालिटीको विषय उठाउनु भनेको विश्वविद्यालयको मुद्दालाई विषयान्तर गर्ने काम हो । प्रदेशबासीको भावना विपरीत अरुको इसरामा बोल्ने छुट केसी मात्र होइन कसैलाई पनि छैन ।’

संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले डाक्टर केसीलाई छ सय शैयाको अस्पतालसहितको मेडिकल विश्वविद्यालयको मागलाई समेत समेट्न आग्रह गर्दा विश्वविद्यालयको पक्षधर होइन भनेपछि गेटामा अनसन बस्न नदिएको कुरा साँचो भएको बताए । ‘उहाँलाई हामीले ६ सय शैयाको अस्पतालसहितको विश्वविद्यालयको माग पनि समेट्नुपर्यो भनेका थियौँ तर उहाँले म विश्वविद्यालय पक्षधर होइन । म यो माग हाल्दिन भन्नुभयो,’ पाण्डेले भने, ‘उल्टै हामीलाई प्रहरी प्रशासनले लगाएका मान्छे हौँ भनेर तुच्छ व्यवहार गर्नुभयो । त्यहाँबाट हामीले लखेटेको होइन । सुदूरपश्चिमको मुद्दामाथि धावा बोलेपछि हाम्रो क्षेत्रमा बस्न दिदैनौँ भनेकै हो ।’ सुदूरपश्चिममा राष्ट्रिय गौरवका पश्चिम सेती लगायतका परियोजना तुहिएका बेला सरकारले मेडिकल विश्वविद्यालय स्थापना गर्न प्रक्रिया अघि बढाएर प्रदेशबासीलाई न्याय गरेको उनी बताउँछन् । सुदूरपश्चिमबासीको मुद्दामा धावा बोल्नेलाई प्रदेशबासीले बहिष्कार गर्ने उनको भनाई थियो । केसीले मेडिकल विश्वविद्यालयको माग भन्दा बाहिर गएर प्रतिष्ठानको कुरा उठाएको भन्दै उनको अनसनको विरोधमा धनगढी प्रदर्शन समेत गरिएको छ ।
सत्याग्रहका मागहरू( सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा र्पुयाउनु पर्ने उनको माग छ। यसै गरी सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधीहरू पाइने सुनिश्चित गरिनुपर्ने।

गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज र्पुयाउने, जनसङ्ख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरु खोल्ने, एक सय शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम हरु सुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्नुपर्ने, एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्नुपर्ने र सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त गर्नका लागि कानुनी व्यवस्था गर्नुपर्ने माग रहेका छन्।