गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि
2023/12/20, 4:24
 
corona

 कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका अनुसार गौरीफन्टा नाकामा गरिएको एन्टीजेन परिक्षणमा २ जनाको संक्रमण पुष्टि भएको हो ।

सीमा नाकामा ७० जनाको एन्टीजेन परिक्षण गरिएकोमा ६८ जनाको रिपोर्ट भने नेगेटिभ आएको केन्द्रले जनाएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका अन्य नाकाहरुमा भने कोरोना परिक्षण गरिएको छैन ।

सुदूरपश्चिममा हालसम्म पीसीआर र एन्टीजेन गरी ६ लाख ७१ हजार ८४ नमूनाको कोरोना परिक्षण गरिएको छ । जसमा ६२ हजार ४७८ मा संक्रमण पुष्टि भएको थियो । सुदूरपश्चिममा कोरोनाका कारण ६३७ जनाले ज्यान गुमाएका थिए । सुदूरपश्चिममा मंसिर ११ गते यता कोरोना परिक्षण गरिएको थिएन ।