स्वास्थ्य मन्त्री बस्नेतद्धारा गेटा विश्वविद्यालको अनुगमन
2023/12/31, 1:40
 
aa

 स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले कैलालीको गेटामा रहेको शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन । स्वास्थ्य संरचनाहरुको अनुगमन गर्न सुदूरपश्चिम पुगेका मन्त्री बस्नेतले आइतबार विहान विश्वविद्यालयको अनुगमन गरेका हुन ।

अनुगमनका क्रममा बोल्दै मन्त्री बस्नेतले गेटामा भौतिक संरचना निर्माण भएपनि त्यसलाई संचालन ल्याउन अझै धेरै काम बाँकी रहेको बताए । उनले गेटामा मेडिकल शिक्षा अध्ययनका लागि अस्पताल संचालन गर्न आवश्यक रहेको बताए । उनले वाहिरी क्षेत्रबाट डाक्टरहरु सुदूरपश्चिममा आउन नमान्ने भएकाले गेटामा मेडिकल शिक्षा संचालन भएपछि यसै क्षेत्रमा दक्ष जनशक्ती उत्पादन हुने बताए ।


अनुगमनका क्रममा बोल्दै गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले मन्त्री सुदूरपश्चिममा आएको बेला आफूहरुले समन्वय गरेर गेटामा अनुगमन गर्न अनुरोध गरेको बताए । उनले गेटामा छिटै विश्वविद्यालय संचालन गर्न आवश्यक रहेको बताए ।