
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसहित केही व्यक्तिलाई प्रहरीले माइतीघर मण्डलबाट पक्राउ गरेको छ।

केसीले सशस्त्र द्वन्द्वमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई कारबाही हुनुपर्ने, पीडितलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउनुपर्ने, नागरिक भेला भएर प्रर्दशन गर्न पाउने संविधानप्रदत्त अधिकार फिर्ता हुनुपर्ने, चिकित्सा शिक्षा आयोगमा तत्काल निर्देशन नियुक्त गरिनुपर्ने र यसअघि चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा सरकारले गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग राखेका छन्।
उनीहरूले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00