सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा
2024/01/14, 12:48
 
aa

 सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार पाएको छैन । कात्तिकमा पाकेको सुन्तला पुस महिनासम्ममा पनि  बिक्री नभएको त्रिवेणी नगरपालिका–९, पैमाका धनराज उपाध्यायले बताए ।

उनले भने, “सुन्तला  बिक्री गरेर घरखर्च जोहो गर्ने भनेको थिएँ । अहिलेसम्म  बिक्री नहुँदा मनमा चिन्ता पसेको छ ।” सुन्तला पाकेर बारीमा पहेँलपुर देखिए पनि त्यसमा कसैको मन नलोभिएको भन्दै उहाँले जुन खेती गरे पनि केही नहुने भयो भन्ने मनमा चिन्ता लाग्न थालेको बताए । 

उपाध्यायले गाउँमै सात सयभन्दा बढी रोपनीमा सुन्तला खेती छ । अहिले  बिक्री गर्न समस्या भएको उपाध्यायको गुनासो छ । कृषि ज्ञान केन्द्रको पहलमा उपाध्यायले सुन्तला खेती गरे।

उनले गहुँ, धान र कोदो लगाउने जमिनमा सुन्तला खेती सुरु गर्नुभएको हो । गहुँ र धान फलाउने जमिनमा सुन्तला फलाएका उपाध्यायलाई बजारको समस्या देखिएको छ । गाउँमा कोल्डस्टोरको व्यवस्था छैन । यसरी किसानले उत्पादन गरेका वस्तु केही महिनासम्म राख्न सहज हुने गरेर कतैबाट कोल्डस्टोरको व्यवस्था भइदिए सहज हुने अपेक्षा उनको छ ।

यस जिल्लाको गौमूल गाउँपालिका, बडिमालिका र त्रिवेणी नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । यहाँ उत्पादन गरेका सुन्तलाले समयमै बजार नपाउँदा समस्या भएको गौमूलका सुन्तला किसान पारू रोकायाले बताए।

उनले गहुँ, धान र कोदो लगाउने जमिनमा सुन्ताल खेती सुरु गरेका हुन्। गहुँ, धान फलाउने जमिनमा सुन्तला फलाएर पहेँलीपन गर्दै आएका पाध्यायलाई बजारको समस्या देखिएको छ । गाउँमा कोल्ड स्टोरेजको व्यवस्था छैन् । यसरी किसानले उत्पादन गरेका वस्तु केही महिनासम्म राख्न सहज हुने गरेर कतैबाट कोल्ड स्टोरेजको व्यवस्था भइदिए सहज हुने अपेक्षा उनको छ । 

यस जिल्लाको गौमूल गाउँपालिका, बडीमालिका र त्रिवेणी नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । यहाँका उत्पादन गरेका सुन्तलाले समयमै बजार नपाउँदा समस्या भएको गौमूलका सुन्ताल किसान पारू रोकायाले बताए । गोरखापत्रबाट