उपनिर्वाचनको तयारीमा आयोग, सुदूरपश्चिममा ५ पद रिक्त
2024/02/05, 12:43
 
kk

निर्वाचन आयोगले रिक्त पदका लागि उपनिर्वाचनको तयारी थालेको छ । आयोगले प्रतिनिधि, प्रदेश सभा र स्थानीय तहमा रिक्त रहेका पदहरुका लागि निर्वाचन गर्न थालेको हो । आयोगले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै रिक्त पदमा पदपुर्तीका लागि आन्तरिक तयारी थालिएको जनाइएको छ । जसका लागि आयोगले मतदाता नामावलिमा नाम दर्ता गर्न आह्वान गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलद्धारा जारी विज्ञप्तीमा सुदूरपश्चिमका ५ पद रिक्त रहेको उल्लेख छ । जसमा बझाङ १ ९क० को प्रदेश सभा सदस्य, दुहुँ गाउँपालिका – ५, सुर्मा गाउँपालिका – ४, पूर्वीचौकी गाउँपालिका – ६ का वडा अध्यक्ष र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पद रिक्त रहेका छन ।

२०७९ वैशाखमा स्थानीय तह निर्वाचन तथा मंसिरमा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनपछि रिक्त रहेका पदका लागि आयोगले उपनिर्वाचन गर्न लागेको हो । देशभर स्थानीय, प्रतिनिधि र प्रदेश सभामा २३ पद रिक्त छन् ।