दक्षिण कोरियामा प्रदेश सभापति बलायरको भव्य स्वागत-सम्मान 
2024/11/11, 5:33
 
दक्षिण कोरियामा प्रदेश सभापति बलायरको भव्य स्वागत-सम्मान 

एसियाली राष्ट्रिय सभा जल परामर्श बोर्डको आयोजनामा भएको कार्यक्रममा  सहभागी हुन दक्षिण  कोरिया पुग्नु भएका नेपाली काँग्रेस सुदूरपश्चिम  प्रदेशका सभापति, पूर्व भौतिक योजना तथा यातायात मन्त्री  प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायर को बधाई ,स्वागत, सम्मान तथा बिदाइ कार्यक्रम भव्य रूपले सम्पन्न भएको छ ।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया र  सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको थियो । छोटो भ्रमणमा आउनु भएका प्रदेश सभापति बलायरलाई बधाई, स्वागत ,सम्मान परिचयात्मक सहित बिदाइ कार्यक्रम आयोजना गरिएको  नेपाली जनसम्पर्क समितिका उप सभापति एवं सुदूरपश्चिम समाजका संरक्षक जितेन्द्र महताले बताउनु भयो ।  

दुई वटै कार्यक्रममा प्रदेश सभापति बलायरले  सहभागीहरूसँग साक्षात्कार गर्नुका साथै कोरियामा रहेका नेपालीहरूको अवस्थाका बारेमा जानकारी लिनु भएको थियो ।  सो कार्यक्रममा सहभागीहरूले कोरियामा नेपाली समुदायका विविध समस्या उपर ध्यानाकर्षण गराउँदै नेपाल सरकार समक्ष आवश्यक पहलकदमीका लागि अनुरोध गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति पूर्व मन्त्री प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरले उठान भएका सबै विषय  उपर आफ्नो धारणा सहित सहभागीहरूलाई सम्बोधन गर्दै आफूले जहिले पनि देश र जनता पहिलो प्राथमिकता राखेर काम गर्ने गरेको स्मरण गराउँदै , भौगोलिक रूपले जो जहाँ रहे पनि  आफ्नो देश र जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भयो । देशको वर्तमान परिस्थितिको बारेमा जानकारी गराउँदै प्रदेश सभापति  बलायरले कोरियामा नेपाली समुदायका विभिन्न समस्याका बारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जाहेर गर्नु भएको छ । 

जनसम्पर्क समितिको  कार्यक्रममा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाद्वारा  सभापति भजिन्द्र बहादुर क्षेत्रीले सभापतित्व गर्नु भएको थियो भने  सुदूरपश्चिम समाजद्वारा आयोजित कार्यक्रमको सभापतित्व  संस्थाका अध्यक्ष दिल बहादुर मडैले गर्नु भएको थियो।