विप्लव नेतृत्वको नेकपाद्धारा राँके जुलुस प्रदर्शन
2020/07/20, 11:50
 
pradarsan

कैलालीमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राँके जुलुस सहति प्रदर्शन गरेको छ । गौरीगंगा नगरपालिका वडा नम्बर १० उदासीपुरमा प्रदर्शन गरिएको हो । कृतिम मुद्दामा नेता कार्यकर्तालाई पक्राउ गरिएको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले आरोप लागएको छ ।

झुठा मुद्दा लगाएर राज्यले आतंक गरेको, नेकपा माथि राजनीतिक प्रतिबन्ध लगाएर गैरन्यायिक तबरले पक्राउ गरेका नेता कार्यकर्ता रिहाको माग गरिएको छ । बुधबार कैलाली प्रहरीले धनगढी उप–महानगरपालीका वडा नम्बर ७ बाट विप्लवका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णिमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो ।

सोमवार पनि तीन विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेको नेता–कार्यकर्ताको रिहाईको माग गर्दै मगलबार बन्दको आह्वान समेत गरिएको छ ।