निजी क्षेत्रमा नेशनल प्याथ ल्याबलाई पिसिआर विधिबाट कोरोना परीक्षणको अनुमति
2020/07/09, 4:23
 
lab

सरकारले नेशनल प्याथ ल्याब बुटवललाई पिसीआर विधिबाट कोरोना परिक्षणको अनुमति दिएको छ । सरकारले निजी क्षेत्रमा प्याथ ल्याबलाई कोभिड–१९ को मोलिक्युलर परीक्षण (पिसीआर) गर्न अनुमति दिएको नेशनल प्याथ ल्याब धनगढी शाखा प्रमुख हरिसिंह धामीले बताए । 

corona

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्राविधिक टोलीको अनुगमन तथा मुल्यांकन रिपोर्टका आधारमा प्याथ ल्याबलाई अनुमति दिइएको हो । पिसीआर परीक्षण गर्न अनुमति दिने सम्बन्धी निर्देशिका अनुसार सबै मापदण्ड पुरागरी बुटवल–१२ बेलबास स्थित लायन्स उपचार केन्द्रको भवनमा बायोसेफ्टी लेबल–२ को अत्याधुनिक कोरोना परीक्षण ल्याब स्थापना गरेको धामीले बताए । लायन्स क्लब अफ बुटवल सिद्धबाबाको सहयोगमा ल्याब स्थापना गरिएको उनले बताए । 

२४ घण्टा सेवा दिन सकिने प्रयोगशालाको दैनिक न्युनतम ३०० देखि ४०० नमूना परीक्षणको क्षमतो रहेको छ । प्रयोगशालामा ल्याबमा दक्ष प्याथोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, ल्याब टेक्नोलोजिस्ट तथा ल्याब टेक्निसियन रहेका छन् । नेशनल प्याथ ल्याबले अहिले सरकारले उपलब्ध गराएको नमूना मात्रै परिक्षण गर्नुपर्नेछ र सोको भुक्तानी सरकारले नै दिनेछ ।