गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार
2020/07/13, 7:06
 
helicopter

नेपाली सेनाको हेलिकप्टर मार्फत अछाममा गर्भवती महिलाको उद्धार गरिएको  छ ।  पंचदेवल विनायक नगरपालिका - ७ की २१ वर्षीया रमना विकलाई जिल्ला अस्पताल मंगलसेनबाट हेलिकप्टर मार्फत सुर्खेत पठाइएको जिल्ला अस्पतालका डाक्टर प्रेम प्रसाद ढुंगानाले बताए । 

विनायक स्वास्थ्य चौकीमा प्रसूति हुन नसकेपछि उनलाई आइतबार राति जिल्ला अस्पताल पुर्‍याइएको थियो । उच्च रक्तचाप लगायत समस्या देखिएपछि उनलाई सुर्खेत पठाइएको ढुंगानाले बताए । 

सरकारको दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार कार्यक्रम अन्तर्गत अहिलेसम्म अछाममा ५ जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिए