
कञ्चनपुरको महाकाली र भिमदत्त नगरपालिका जोड्ने झोलुंगे पुल स्थानीय किसानद्वारा बन्द गरिएको छ । भीमदत्त नगरपालिका १३ का स्थानीयले महाकाली पारिको दोधारा चाँदनीबाट मल ल्याउन नदिएपछि स्थानीयले झोलुंगे पुल आज बन्द गरेका हुन् ।

नेपालबाट मल नआउने र भारतबाट चोरी छिपी ल्याएको मल पनि प्रहरीले रोक्न थालेपछि आफुहरु पुल बन्द गर्न बाध्य भएको स्थानीयको भनाइ छ ।
भारतबाट मल ल्याउँदा प्रहरी प्रशासन मौन बस्ने र अहिले भारतबाट नेपालसम्म पुगेको मल स्थानीयले खेतको लागि ल्याउन खोज्दा रोकेटोक सुरु भएपछि आक्रोसित स्थानीयले पुल बन्द गरेका हुन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/18, 9:43
2020/06/10, 1:46