सुदूरपश्चिममा एम्बुलेन्स खरिद प्रकरण: महालेखाले देखायो त्रुटी नै त्रुटी
2020/07/17, 5:41
 
amullence

एम्बुलेन्स खरिद प्रक्रियामा महालेखा परीक्षकको कार्याले त्रुटी नै त्रुटी भएको जनाएको छ। सुदूरपीश्चम प्रदेशअन्तर्गत १६ निर्वाचन क्षेत्रका लागि १६ वटा एम्बुलेन्स खरिद गरिएकोमा खरिद प्रक्रियामा त्रुटी नै त्रुटी भएको महालेखाको बार्षिक प्रतिवेदनमा उल्लेख छ।

एम्बुलेन्स खरिदका लागि ६ करोड ४० लाख बजेट रहेकोमा मन्त्रालयले १६ एम्बुलेन्स खरिद गरी एक विदेशी मोटर्सलाई प्रतित पत्र मार्फत ४ करोड ९७ लाख ९२ हजार भुक्तानी दिएको उल्लेख छ। ‘सोही मोटर्सको नेपाली अधिकारिक विक्रेतालाई भन्सार जाँचपास शुल्क एक करोड २७ लाख २० हजार समेत जम्मा ६ करोड २५ लाख १२ हजार भुक्तानी भएको छ। खरिद प्रक्रियामा प्रतिस्पर्धा नभई एक बोलपत्रमात्रको आधारमा खरिद गरेकाले मितव्ययी देखिएन।’ महालेखाको प्रतिवेदनमा उल्लेख छ। 

यस्तै लागत अनुमान तयार गर्दा एउटा बिक्रेताको मात्र मुल्यसूची लिएको, सार्वजनिक निकायको माग (बी टाइपको सुविधा सम्पन्न) बमोजिम एम्बुलेन्स प्राप्त नगरी अन्य गाडीको यन्त्र औजार एसेम्बल हुने अवस्थामा खरिद कार्य गरेको समेत महालेखाले जनाएको छ। ‘उत्पादनकर्ताको स्थानीय विक्रेताले पटकपटक एम्बुलेन्सको कारखाना मूल्यमा परिवर्तन गरेकोमा मन्त्रालयले कुनै राय दिएको छैन्,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘माग बमोजिमको एम्बुलेन्स नभएको अवस्थामा समेत मेकानिकल ईन्जिनियरबाट एम्बुलेन्सको प्राविधिक पक्ष ठीक छ भनी खरिद कार्य सम्पन्न गरी भुक्तानी भएको छ।’

खरिद गरिएका एम्बुलेन्स प्रदेशको भौगोलिक अवस्थिति बमोजिम उपयुक्त नभएको, एम्बुलेन्समा जडान गरिएको पार्टपूर्जा लगायतका प्राविधिक पक्ष कमजोर रहेको जस्ता गुनासो आएकोले मन्त्रालयले सम्झौताको शर्त अनुसार वारेण्टी अवधिभित्र देखिएका त्रुटी सच्याउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

6