सुदूरपश्चिम प्रदेशमा अझैं बनेन सम्भावित जोखिम नक्सांकन
2020/07/21, 2:37
 
pahiro

शेरवहादुर ऐर– सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हरेक वर्ष बाढी पहिरो लगायतका प्राकृतिक विपदका घटनामा वृद्धि भईरहे पनि प्रदेश सरकारले अहिलेसम्म विपद आउनु पूर्वका सम्भावित जोखिम स्थानको नक्सांकन गर्नसकेको छैन । विपदपूर्व जोखिम नक्सांकनले प्राकृतिक विपदको जोखिम रहेका जिल्ला, स्थान, वडा, टोल लगायतको पहिचान गरी वस्ती स्थानान्तरण, जोखिम नियन्त्रण तथा प्रतिकार्य लगायतका योजना तथा कार्यक्रम निर्माण गर्न मद्दत गर्दछ । तर, प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ मै समेटेको यो कार्यक्रम अझैं कार्यान्वयनमा आउन सकेको छैन ।

प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णबहादुर रावतले चालू आर्थिक वर्षमै नक्सांकनको कार्य पुरा गरिने बताए । उनले भने–कोरोना महामारीका कारण गत आर्थिक वर्षमा कार्यक्रम प्रभावित भयो । यो वर्ष नक्सांकनको कार्य पुरा हुनेछ । राष्ट्रिय आपतकालीन कार्यकञ्चालन केन्द्रले देशभरी डुबान, बाढी र पहिरोलाई समेटेर वडा, टोल तथा नदीको नाम सहित नक्सांकन गरेको छ । आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला बाढी, पहिरो तथा डुबानको उच्च जोखिममा रहेको छ ।

केन्द्रका अनुसार सुदुरपश्चिम प्रदेशको कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३, ५, ६, र ७, घोडाघोडी नगरपालिका वडा नम्बर ५, ७, ११ र १२ र जानकी गाउँपालिका वडा नम्बर ९ बाढीको उच्च जोखिमा रहेको छ । त्यस्तै, कैलाली कै टीकापुर नगरपालिकाको वडा नम्बर ३, ७ र ९, भजनी नगरपालिकाको वडा नम्बर २, ३, ६, ८ र ९, गौरिगंगा नगरपालिकाका वडा नम्बर ७, धनगढी उपमहानगरपालिकाको वडा नम्बर ११, ८ र ३ पनि बाढीको जोखिम रहेका छन् । त्यस्तै मोहन्याल गाउँपालिकाको वडा नम्बर ९ र १ तथा चुरे गाउँपालिका वडा नम्बर २ पहिरोको उच्च जोखिममा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १, २, ८ र ९, शैल्यशिखर गाउँपालिका वडा नम्बर १, ४, ६ र ९, गोकुलेश्वर मालिकार्जुन गाउँपालिका वडा नम्बर १ र ८, मार्मा गाउँपालिका वडा नम्बर २ र ४, ब्यास गाउँपालिका वडा नम्बर २, ४ र ५, दुँहु गाउँपालिका वडा नम्बर ३ र ४, नौगाड गाउँपालिका वडा नम्बर ४ र ३ तथा अपिहिमाल गाउँपालिकाको वडा नम्बर १ र २ बाढी र पहिरोको उच्च जोखिम रहेको छ । त्यस्तै, बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २, ३, ६ र ८, पुर्चौडी नगरपालिका वडा नम्बर ८ र ९ र मेलौली नगरपालिका वडा नम्बर १ र ८ तथा सिगास गाउँपालिका वडा नम्बर ५, डिलासैनी गाउँपालिका वडा नम्बर १, ३ र ५, सैनागाउँ गाउँपालिकाको वडा नम्बर ६ एवं डोगडाकेदार गाउँपालिका वडा नम्बर ६, ३, ८, ५ र ६ बाढी र पहिरोको उच्च जोखिम रहेको छ । त्यस्तै, बझाङको जयपृथ्वी नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, ९, १० र ११, तलकोट गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५, मष्टा गाउँपालिका १, २, ३ र ४, खप्तड छान्ना गाउँपालिका वडा नम्बर ७ तथा थलारा गाउँपालिका वडा ९, ३, ४, ७, ८ र ९ बाढी र पहिरोको जोखिम रहेका छन् ।

त्यस्तै, बाजुरा जिल्लाको बडीमालिका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र ९, बुढीगंगा नगरपालिका वडा नम्बर १, २, ३, ४ ५, ६, ८ र १०, त्रिवेणी नगरपालिका वडा नम्बर १, ४, ५, ६, ८ र ९ तथा बुढीनन्दा नगरपालिका वडा नम्बर १, २, ३, ४, ६ र ७ र गौमुल गाउँपालिका वडा नम्बर १, २, ३, ५ र ६, खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६, जगन्नाथ गाउँपालिका वडा नम्बर १ र २, स्वामिकार्तिक गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ तथा हिमाली गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ६ वडा बाढी पहिरोको जोखिममा रहेका छन् । केन्द्रका अनुसार डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ३, ४, ७, ८ र ९ तथा शिखर नगरपालिकाको वडा नम्बर २, ५, ६, ७, ८, ९, १० र ११, पुर्वीचौकी गाउँपालिकाका वडा नम्बर ३ र ४, सायल गाउँपालिकाका वडा नम्बर ३, ४ र ५, आर्दश गाउँपालिकाका वडा नम्बर ५ र ६, बोगटान गाउँपालिकाका वडा नम्बर १, २ र ७, बडीकेदार गाउँपालिकाका वडा नम्बर २ र ३ केआइसिंह गाउँपालिकाका वडा नम्बर ३ मा बाढी र पहिरोको जोखिम रहेका छन् भने पुर्वीचौकी गाउँपालिकाको वडा नम्बर ५ र बोगटान गाउँपालिकाका वडा नम्बर ४ र ५ डुवानको जोखिम रहेका छन् ।

त्यस्तै, अछामको कमलबजार नगरपालिकामा पहिरो, साफेबगर नगरपालिकामा बाढी तथा पहिरो र तुर्माखाद गाउँपालिकामा पहिरो तथा डुवानको जोखिम रहेका छन् । त्यस्तै, डडेल्धुराको आलिताल गाउँपालिकाको वडा नम्बर १ र २ बाहेक अन्य वडाहरु बाढी र पहिरो तथा गन्यापधुरा गाउँपालिका वडा नम्बर १, २ र ३ पहिरोको जोखिममा रहेका छन् । त्यस्तै, कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर १, ३, ४, ६, ८, ९ र १०, भीमदत्त नगरपालिका वडा नम्बर ३, ९, १०, ११, १२, १३ र १५, बेल्डाडी गाउँपालिका वडा नम्बर १,२, ३, ४ र ५, शुक्लाफाँटा नगरपालिका, बेल्डाडी गाउँपालिका, पुनर्वास नगरपालिका वेदकोट नगरपालिका वडा नम्बर २, ३, ४, ५, ६ र ७, कृष्णपुर नगरपालिका वडा नम्बर १, ३, ४, ७, ८ र ९ मा बाढी तथा डुवानको जोखिममा रहदै आएका छन् ।

उद्धारका लागि प्रहरी
विपदबाट पीडित तथा प्रभावितहरुको उद्धारका लागि जिल्लादेखि चौकी स्तरसम्मका प्रहरी इकाईमा तत्काल परिचालित हुने गरी आवश्यक संख्यामा प्रहरी खटाइएको छ भने सुदूरपश्चिम प्रदेशमा संघीय प्रहरी इकाईमा २५, प्रदेश प्रहरी तालिम केन्द्रमा ३०, प्रदेश सशस्त्र प्रहरी गण र प्रदेश दंगा नियन्त्रण प्रहरी गणमा ५०÷५० जना प्रहरी टोलीलाई तयारी अवस्थामा राखिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी मातहात प्रदेशमा दुई वटा रवर बोट रहेका छन् । तर, स्काभेटर, ह्विल लोडर, टन ह्विल लोडर लगायतका हेभि इक्यूपमेण्ट भने नरहेको जनाइएको छ । प्रदेशमा खोज तथा उद्दारका लागि आवश्यक सामग्री भने आवश्यक रहेको जनाइएको छ । प्रदेशमा सिएसएसआर (कोल्याप्स्ड स्ट्रक्चर सर्च एण्ड रेस्क्यू) तीन सेट, एमएफआर तीन सेट, नदी उद्दारका लागि तीन सेट, फायर फाइटिङ तीन सेट, माउण्टेन हाइ एल्टीटुड एक रोप रेस्क्यू तीन सेट, डेड बडी म्यानेजमेण्ट तीन सेट आवश्यक रहेको उल्लेख छ ।

जनधनको क्षतिका घटनामा लगातार बृद्धि
यस वर्ष वर्षायाम शुरु भएदेखि अहिलेसम्म सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी तथा पहिरो घटनामा वृद्धि आएको छ । भारी वर्षा तथा बाढी र पहिरोका कारण केहीको ज्यान गएको छ । दर्जन बढी घर पुरिएका छन् । केही जिल्लामा पहिरोबाट सडक भाँसिएका कारण यातायात अवरुद्ध भएको छ । खेतीयोग्य जमिन पुरिएका छन् ।