निसर्ग अस्पतालले भारतबाट उद्धार गरिएका नेपालीलाई खाना खुवाउँदै, अब दैनिक रुपमा खुवाउने (भिडियो सहित)
2020/05/23, 7:10
 
khana

धनगढीका निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले भारतबाट उद्धार गरिएका नेपालीहरुलाई खाना खुवाउने काम सुरु गरेको छ । भारतबाट उद्धार गरी धनगढी उप महानगरपालिका २ भन्सार स्थित नवदुर्गा माविमा राखिएका नेपालीहरुलाई रोयल कोलाबोरेटिभ्सको खाना खुवाउने अभियान अन्तर्गत निसर्ग अस्पतालले खाना खुवाउन थालेको हो ।

पहिलो दिन शुक्रवार साँझ सो विद्यालयमा राखिएका ५ सय भन्दा बढीलाई रोयल कोलावोरेटिभ्स सञ्चालन गरेको दानापानी अभियान अन्तर्गत खाना खुवाईएको छ । अव दैनिक रुपमा भारतबाट आउने नेपालीहरुलाई निसर्ग हस्पिटलले खाना खुवाउने अस्पतालका अध्यक्ष तिर्थ पन्तले जानकारी दिए ।

दैनिक सात सय जनालाई खाद्यान्न लगायतको सवै व्यवस्थापन निसर्ग हस्पिटलले गरिरहेको छ । खाना पकाउने र खुवाउने कामको जिम्मेवारी आफुहरुले लिएको रोयल कोलाबोरेटिभ्सका अध्यक्ष गजेन्द्र शाहीले जानकारी दिए ।