नेपालमा सङ्क्रमितकाे सङ्ख्या २६७ पुग्याे
2020/05/16, 12:46
 
Korona

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या दुई सय ६७ पुगेकाे छ । पछिल्लाे पटक थप नाै जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाण्डाै, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएकाे परीक्षण अनुसार नाै जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।  सङ्क्रमित हुनेहरुमा पर्साकाे वीरगञ्जका नाै र १० वर्षीय बालक, २३ वर्षीय युवती र ४७ वर्षीया महिला रहेका छन् ।    उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय युवक, दाङकाे गढवा–४ का पाँच वर्षीय बालक र तुलसीपुर–७ का २३, ३६, र ३४ वर्षीय पुरुष तथा काठमाण्डाैकाे सात वर्षीय बालकमा काेराेना पुष्टि भएकाे हाे । 

सङ्क्रमितहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ । सङ्क्रिमतमध्ये अहिलेसम्म ३६ जना उपचारपछि निकाे भएका छन् । Update