
सुदूरपश्चिम प्रदेशमा १७ हजार बढीको कोरोना परिक्षण गरिएको छ । सुदूरपश्चिम प्रदेशभरी १७ हजार चार सय पाँच जनाको ¥यापिड टेस्ट गरिएको छ । प्रदेशका नौँ वटै जिल्ला गरी १७ हजार चार सय पाँच जनामा ¥यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

परिक्षण गरिएका नमुनामध्ये विभिन्न जिल्लाका २० जनामा टेस्ट पोजेटिभ देखाएको छ भने बाँकी १७ हजार तीन सय ८५ जनामा नेगेटिभ देखिएको छ । २० जनामा पोजेटिभ देखिएकोमा ११ जनाको मात्रै पीसीआरबाट पुष्टि गरिएको छ ।
११ जनाको पीसीआर मार्फत कोरोना परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको निर्देशनालयले जनाएको छ । बाँकी ९ जनाको भने पीसीआर परीक्षण गर्न बाँकी छ । त्यस्मा ८ जना बझाङ र एक जना बैतडीका रहेका छन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56