
नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

बर्दिया नार्खुकी २८ बर्षीय महिला, सिराहका ३० बर्षीय पुरुष, पर्सा विरगञ्जका २८ र २९ बर्षीय पुरुष, सर्लाही रामनगरकी १८ बर्षीय महिला, चितवन गढौलीकी २५ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तीहरुको संख्या २ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले जानकारी दिए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56