
बझाङमा सलहको एक ठूलो झुण्ड प्रवेश गरेको छ। बुधबार जिल्लाको दुर्गाथली गाँउपालिकाको चौधारी र केदारस्युँ गाँपालिकामा सलह किराको झुण्ड देखिएको हो। सलह किराले जिल्ला प्रवेश गरी बालीनालीमा क्षति पु¥याउन थालेको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख दिलबहादुर सिंहले बताए।

अहिले जिल्लाका दुर्गाथलीको थली जिउला, छबिसपाथिभेरा खोरी, घट्टे, सुर्माको दौलीचौर लोमण्ड, बुङगल नगरपालिकाको दहबगर, खप्तडछान्नाको पाटादेवल र जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडामा सलह देखापरेको स्थानीयको भनाई छ। सलह किराले धानखेती, मकैखेती र तरकारीमा क्षति पु¥याउन थालेका उनीहरुले बताएका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/18, 9:43
2020/06/10, 1:46