कुहिएको चामल प्रकरणमा आपुर्तिकर्ता भन्छन्– कारवाही सिफारिस भए भोग्न तयार (भिडियो सहित)
2020/05/17, 10:38
 
chamal

धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको विषयमा गठन भएको छानविन समितिले आज प्रतिवेदन वुझाउँदै छ । राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण भएपछि गठन गरिएको छानबिन समितिले आज दिउँसो प्रतिवेदन बुझाउने तयारी गरेको छ । वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिको प्रतिवेदन कस्तो आउला भन्ने जनचासो वढेको छ । 

छानविन समितिले सवै विषयमा छानविन र अनुगमन गरेपछि धनगढी उपमहानगरपालिकालाई वुझाउन प्रतिवेदन तयार पारिरहेको छ । दिईएको तीन दिनको समय सीमा आज विहान पुगे पनि प्राविधिक कारण प्रतिवेदन तयार पार्न ढिलाई भईरहेको छ । तर आज जसरी पनि प्रतिवेदन तयार पारेर वुझाउने संयोजक मुरारी अधिकारीले बताए । 
वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक रहेको छानविन समितिमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य रहेका छन् । त्यसैगरी धनगढी उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका छन ।

चामल आपुर्तिको ठेक्का पाएको ठाकुर टे«ड लिंकले भने छानविन समितिले गरेको कारवाहीको सिफारिस भोग्न तयार रहेको बताएको छ । ठाकुर टे«ड लिंकका सञ्चालक हरिशंकर ठाकुरले आफुहरुले नियतबस नगरेको भएपनि नैतिक रुपमा जिम्मेवारी लिदैं कारवाही भोग्न तयार रहेको बताए । उनका अनुसार ठाकुर टे«ड लिंकको ट्याग र लोगो राखिएका चामलका कट्टामा कुनै समस्या नरहेको तर रश्मि टेड्र कन्सर्नबाट किनेर दिईएको चामल खराब पाईएको ठाकुरको दावी छ । त्यही आधारमा कारवाहीको सिफारिस पर्ने ठाकुर टे«ड लिंकले पनि रश्मि टेड्र कन्सर्नलाई कारवाहीका लागि कानुनी उपचारको बाटोमा जाने ठाकुर टे«ड लिंकका सञ्चालक हरिशंकर ठाकुरले जानकारी दिए । त्यसका सवै प्रमाणहरु आफुसँग रहेको ठाकुरले खबरकुञ्जसँग दावी गरे ।