शिक्षक महासंघका नेतालाई शिक्षकको खुलापत्र
2020/08/08, 7:25
 
teacher

श्रीमान् शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा ज्यू 
र विज्ञप्तीमा हस्ताक्षरकर्ता 
अर्का श्रीमान् महासचिव लक्ष्मी किशोर सुवेदी ज्यू । 

आज नेपालको जुनसुकै प्रकारको शिक्षक भएपनि तिनको पेसागत सुरक्षा, अधिकार तथा उनीहरूमाथि हुने जुनसुकै विभेद बिरुद्ध आवाज उठाउने मुख्य जिम्मेवारी तपाईंहरूको हो भनेर म जाबो काम चलाउ, राहत नामको अनुदान कोटामा कार्यरत मास्टरलाई सुहाउने कुरो होइन तर महोदयहरू जब मान्छे विभेदमा पर्छ उसले गुहार्ने सचेत गराउने वा ध्यानाकर्षण गराउने जुनसुकै रुपमा बुझ्नुस टाउकोलाई नै हो । मैले तल पोष्ट गरेको विज्ञप्ती हेर्नुस् यो अरुले होइन् तपाईंहरुकै हस्ताक्षरको बिज्ञप्ती हो । म झुटो लेखिरहेको छैन भन्ने प्रमाण त्यै हो ।

(पढ्नुहोस् विज्ञप्ती)

2

1

त्यसमा गरिएको कुरा र व्यवहार हुँदै गरेको कुरा किन मिलिरहेको छैन भन्ने मेरो र आम शिक्षकहरूको प्रश्न हो । तपाईंहरुको काम विज्ञप्ती निकाल्नेमै सीमित हुनुको कारण नबुझेर म हैरान छु । तपाईहरुको विज्ञप्तीको कदर नहुनु तपाईंहरुको अपमान हुनु हो । तपाईंहरुको अपमान हुनु महासंघको अपमान हुनु हो । महासंघको अपमान हुनु शिक्षकहरुको अपमान हुनु हो र मेरो पनि अपमान हो म जाबो मास्टर अपमान सहन नसक्ने तपाई उच्च पदमा बसेर आफ्नै लेखेको न्याय संगत मागको अपमान हुदा टुलुटुलु हेर्ने अवस्थामा किन पुग्नुभो होईन भने तपाईहरुले वा महासंघले दरवन्दी पुनर्वितरण वा मिलानमा तत्काल विधि पु¥याएर मात्रै जान माग गर्ने, दरवन्दी थपेर मात्रै अगाडी बढ्न अनुरोधको बिज्ञप्ती निकाल्ने तर सर त्यसलाई लत्याउने तपाईले हुन्न भनेको काम हुदैछ । के तपाईंहरुले निकाल्नु भएको विज्ञप्ती विज्ञप्तीका लागि विज्ञप्ती मात्रै हो ? के तपाईहरु नाटक गर्नुहुन्छ । देखावटी धर्म मात्रै निभाउनु हुन्छ आन्तरिक रुपमा शिक्षकहरुको न्यायोचित माग मुद्धा छोडेर सरकारसँग मिल्नुभएको छ ?

कि तपाईंहरुलाई शिक्षा मन्त्रीले पेलेर लगे ? महासंघको औचित्य सकियो ? सकिएको जानकारी पनि दिनु हुन्न विज्ञप्ती कार्यान्वयन पनि गराउन सक्नु हुन्न । भन्नुस् लाखौं शिक्षकलाई गुमराहमा राख्ने अधिकार तपाईंहरुलाई छैन । खास कुरो के हो ? सरकारसँग मिलेको भए स्पष्ट गर्नुस् । सरकारले नटेरेको भएपनि स्पष्ट गरेर बिज्ञप्तीको कुरा कार्यान्वयन गर्न चाहिने विधि अपनाउनुस् । आन्दोलन घोषणा गर्नुस् आउनुस विभेद, शोषण दमन र अन्यायका विरुद्ध तपाईंको अगाडी उभिएर पहिलो गोली खान म तयार छ ु। तपाईंहरुलाई महासंघको जिम्मेवार तहमा पु¥याउने लाखौं शिक्षक न्यायोचित लडाइँ गरेर आफ्ना हकका लागि तपाईंले नेतृत्वमा जुनसुकै कदम चाल्न तयार छन् । होइन सरकारको एजेन्ट नै बनी सक्नु भएको भए मेरो भन्नू हाम्रो भन्नु केही छैन ।