सुदूरपश्चिममा कोरोना शंकास्पद १४७ जना डिस्चार्ज, १८ जना आईसोलेसनमा (भिडियो सहित)
2020/05/18, 3:10
 
korona

सुदूरपश्चिमका विभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका एक सय ४७ जना डिस्चार्ज भएका छन । प्रदेशभरीका १५ वटा अस्पतालबाट एक सय ४७ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालबाट ५१ जना, डडेल्धुरा अस्पतालबाट २०, बयलपाटा अस्पताल अछामबाट १७ जना र जिल्ला अस्पताल अछामबाट १४ जना डिस्चार्ज भएका छन । यस्तै महाकाली अस्पतालबाट ९ जना कोरोनाका शंकास्पद बिरामी डिस्चार्ज भएका छन् । 

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार जिल्ला अस्पताल डोटीबाट ६, जिल्ला अस्पताल बैतडी र गोकुलेश्वर अस्पतालबाट ५÷५, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल बझाङ र भजनी स्वास्थ्य केन्द्राबाट ४÷४, चौमला स्वास्थ्य केन्द्रबाट ३, टीकापुर र जोगबुढा अस्पतालबाट २र२, जिल्ला अस्पताल बझाङ र कोल्टी स्वास्थ्य केन्द्रबाट एकरएक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन् । 

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ । अहिलेसम्म सुदूरपश्चिका विभिन्न अस्पतालमा एक सय ६३ शैयाको आईसोलेसन स्थापना भईसकेको छ । निर्देशनालयका अनुसार कोरोना आशंकामा अहिले प्रदेशभरी १८ जनालाई आईसोलेसनमा भर्ना गरिएको छ ।

सेती प्रादेशिक अस्पतालमा ५, जिल्ला अस्पताल बझाङमा ८, जिल्ला अस्पताल बाजुरामा तीन, जिल्ला अस्पताल डोटी र बैतडीमा एक÷एक जनालाई आईसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशभरी कोरोनाका गम्भीर बिरामी भेटिए १४ शैयाको आईसियु र ८ वटा भेन्टिलेटरको समेत व्यवस्थापन गरिएको छ ।