मेयरले दादागिरी देखाएको भन्दै तोडफोड, कर्मचारी र जनप्रतिनिधिमाथि हातपात
2020/05/19, 9:05
 
purchaudi

बैतडीको पुर्चौडी नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । नगरपालिकाका मेयर रणबहादुर कुँवरले ईलाका हुलाक कार्यालयमा कार्यरत दिलबहादुर धानुकमाथि कुटपिट गरेर दादागिरी देखाएको भन्दै कार्यालयमा तोडफोड गरिएको हो । तोडफोडसँगै जनप्रतिनिधि तथा कर्मचारीमाथि हातपात समेत भएको छ । 

पुर्चौडीका स्थानीय समेत रहेका धानुकसँग भएको समान्य विवादका क्रममा मेयर कुँवरले कुटपिट गरेको र उल्टै धानुकलाई पक्राउ गर्दै अभद्र व्यवहारको मुद्धा लगाईएको भन्दै धानुकका दुई छोरा र एक स्थानीयले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् । उनीहरुले कर्मचारी र जनप्रतिनिधिमाथि हातपात गरेका हुन । कार्यालयका विभिन्न शाखामा तोडफोड गरिएको पुर्चाैडी नगरपालिकाका सूचना अधिकारी प्रविन धानुकले बताए । 

ईलाका प्रहरी कार्यालय पाटनका प्रमुख तथा प्रहरी निरिक्षक धनदेव साउँदले कार्यालयमा तोडफोड र मेयरमाथि हातपात भएको बताउँदै संग्लन तीन जनालाई पक्राउ गरिएको बताए ।