कोरोना आशंकामा सेतीमा भर्ना भएका ५ जनाको रिपोर्ट ‘नेगेटिभ’, धनगढी प्रयोगशालामा ७१ जनाको कोरोना परिक्षण
2020/05/19, 1:02
 
seti hopital

कोरोना संक्रमणको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ५ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । कोरोना आशंकामा भर्ना भएका पाँचै जनाको धनगढी प्रयोगशालामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

आईतबार कोरोना आशंकामा कैलालीका पाँच जना सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका थिए।  उनीहरु मध्ये गौरीगंगा नगरपालिकाका २९ वर्षीय पुरुषमा ¥यापिड टेस्ट गर्दा एन्टीबडी देखाएको थियो । यस्तै कोरोना जस्तै लक्षण देखाएपछि आईतबार नै कैलालीको कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३० वर्षीय पुरुष, उनकी २९ वर्षीया श्रीमती र धनगढी उपमहानगरपालिका –१३ का ३० वर्षीय पुरुष आइसोलेसनमा भर्ना भएका थिए । अस्पताल भर्ना गरिएका सवैको रिर्पोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । 

यता धनगढी प्रयोगशाला मार्फत ७१ जनाको कोरोना परीक्षण गरिएको छ । ७१ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कैलाली ३९, कञ्चनपुर १७, डोटी र बाजुरा ४र४, बैतडी र दार्चुला २र२, बझाङ, दाङ र बर्दियाका एक÷एक वटा नमुना परीक्षण गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

हिजो दिउँसो पनि प्रयोगशाला मार्फत एक सय दुई जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । संघीय सरकारले पशुपक्षी अन्वेषण प्रयोगशालामा आरटी–पीसीआर जडान गरेपछि धनगढीमा परीक्षण सुरु भएकोमा अहिले सम्म धनगढी प्रयोगशाला मार्फत भएको परीक्षणमा कसैमा पनि कोरोना पुष्टि भएको छैन् ।