
धनगढीको निसर्ग अस्पतालको आईसियुमा उपचाररत एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज साँझ आईसियुमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो । तीन दिनदेखि आईसियुमा उपचाररत ती बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो ।
संक्रमित बिरामीलाई सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा सारिएको छ । संक्रमित भेटिएपछि अस्पतालले आफ्नो आईसियु सेवा बन्द गरेको छ । आईसियु सिल गरिएको छ । अन्य सम्पूर्ण सेवाहरु भने सुचारु रहेको हस्पिटलले जनाएको छ ।

कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएका त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई आज साँझ होटलमा आईसोलेसनमा राखिएको छ । सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीहरुको भोली पीसीआर परीक्षण गर्ने बताईएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56