
डोटीको जोरायल गाउँपालिकामा आएको हावाहुरी तथा ठूलो वर्षाले किसानले लगाएको मकैबालीमा नोक्सानी गरेको छ। बुधबार साँझ आएको हावाहुरीसँगैको वर्षाले उक्त गाउँपालिकाका वडा नम्बर ३ र ४ का किसानले लगाएको मकै खेती पुरै ढलाएर सोत्तर बनाएको जोरायलका बासिन्दा तीर्थराज भट्टले बताए।

त्यहाँका किसानले लगाएको सयौँ रोपनी खेतको मकै हावाहुरीले बोटबाटै ढलाएपछि काम नलाग्ने अवस्थामा रहेको किसान बताउँछन्। हावाहुरीले ढलाएका अर्थात् भाँचिएका मकै किसानले काटेर गाइबस्तुलाई खुवाउन थालेको किसान भक्त थापाले बताए।
गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले हावाहुरीले मकै बालीमा गरेको क्षतिका बारेमा जानकारी नआएको बताए। उनले भने, “कहाँ केकति क्षति भयो खबर आएको छैन, आएपछि राहतका लागि आवश्यक पहल गछौँ।”

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 7:17
2020/11/15, 11:44
2021/06/16, 1:01
2022/02/10, 3:47
2022/08/08, 1:07