सुदूरपश्चिममा १०० जनाको आईसोलेसनमा उपचार हुँदै
2020/08/30, 8:02
 
corona

सुदूरपश्चिम प्रदेशमा लक्षण सहित कोरोना संक्रमित बढेसँगै अस्पताल भर्नाको संख्यामा समेत वृद्धि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार सम्म लक्षण भएका एक सय जना विभिन्न अस्पतालका आईसोलेसनमा उपचारका लागि भर्ना भएका छन् ।

सबैभन्दा धेरै कैलालीको टीकापुर अस्पतालको आईसोलेसनमा ३४ जना, सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा २४ जनालाई राखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै कञ्चनपुरको महाकाली अस्पताल आइसोलेसनमा २४ जना, जिल्ला अस्पताल अछाममा १० जना, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीमा दुई÷दुई जना गरी चार जनाको उपचार भईरहेको छ ।

यसैगरी १६ जना कोरोना आशंकामा भर्ना भएका विरामी रहेका छन् । बयलपाटा अस्पताल अछाममा ६ जना, गोकुलेश्वर अस्पतालमा दुई जना, जिल्ला अस्पताल डोटीमा तीन जना शंकास्पद विरामी भर्ना भएका छन् । यस्तै सेती अस्पताल, जिल्ला अस्पताल अछाम, डडेल्धुरा अस्पताल, जोगबुडा अस्पताल र सुप प्रहरी अस्पतालमा एक÷एक जनाको उपचार भईरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


सुदूरपश्चिममा शनिबारसम्म पाँच हजार आठ सय तीन जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये चार हजार आठ सय ४० जनाले कोरोना जितिसकेका छन् भने १४ जनाको मृत्यु भएको छ ।