धनगढीमा २४३ जना कोरोना संक्रमित, कुन वडाका कति ?
2020/09/01, 8:27
 
corona

धनगढी उप–महानगरपालिकामा कोरोना संक्रमितको संख्या दुई सय ४३ पुगेको छ । उपमहानगरपालिकाका अनुसार धनगढीका सबै वडामा कोरोना फैलिएको छ । नम्बर १ मा नौ महिला र १८ पुरुष गरी २७ जना, वडा नम्बर २ मा तीन महिला र ६ पुरुष गरी नौँ जना, वडा नम्बर ३ मा ६ महिला र १५ पुरुष गरी २१ जना, वडा नम्बर ४ मा ६ महिला र ८ पुरुष गरी १४ जनामा संक्रमण पुष्टि भएको छ । 

वडा नम्बर ५ मा १२ महिला र १६ पुरुष गरी २८ जना, वडा नम्बर ६ मा चार पुरुष, वडा नम्बर ७ मा पाँच महिला र सात पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको उप–महानगरपालिकाले जनाएको छ ।  

वडा नम्बर ८ मा तीन महिला र चार पुरुष गरी सात जना, वडा नम्बर ९ मा तीन महिला र ६ पुरुष गरी नौ जना, वडा नम्बर १० मा तीन पुरुष, वडा नम्बर ११ मा तीन महिला र पाँच पुरुष गरी आँठ जना संक्रमित रहेको उपमहानगरपालिकाले जनाएको छ ।

यस्तै वडा नम्बर १२ मा १३ महिला र २४ पुरुष गरी ३७ जना, वडा नम्बर १३ मा ४ पुरुष, वडा नम्बर १४ मा १२ महिला र १३ पुरुष गरी २५ जना, वडा नम्बर १५ मा दुई महिला र चार पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १६ मा तीन पुरुष, वडा नम्बर १७ मा एक महिला, वडा नम्बर १८ मा आँठ महिला र १० पुरुष गरी १८ जना र वडा नम्बर १९ मा तीन महिला र तीन पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ ।