सुदुरपश्चिममा पछिल्लो २४ घण्टामा एक सय ६३ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ (भिडियो सहित)
2020/05/20, 8:09
 
test

धनगढी प्रयोगशाला मार्फत पछिल्लो २४ घण्टामा एक सय ६३ जनाको कोरोना परीक्षण गरिएको छ । गए राती र आज विहान गरी एक सय ६३ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ती मध्ये आज ९९ जनाको कोरोना परीक्षण गरिएकोे छ । 

यस्तै प्रदेशभरी पछिल्लो २४ घण्टामा एक सय ६४ जनाको नमुना संकलन गरिएको छ भने दुई सय ४१ जनाको नमुना परीक्षण गर्न बाँकी छ । यस्तै सुदूरपश्चिम प्रदेशभरी पछिल्लो २४ घण्टामा चार सय २६ जनाको ¥यापिड टेस्ट गरिएको छ । ¥यापिड टेस्ट गर्दा आज २ जनामा एन्टिबडी देखाएको छ । उनीहरुको पीसीआर मार्फत परीक्षण गरिने छ । 

यस्तै सुदूरपश्चिम प्रदेशभरी अहिलेसम्म तीन हजार नौँ सय ६ जनाको कोरोना परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । पाँच जना बाहेक सबैको रिपोर्ट नेगेटिभ देखाएको बताउँदै निर्देशनालयले एक हजार ५ सय ८६ जनाको धनगढी स्थित प्रयोगशाला मार्फत परीक्षण गरिएको र दुई हजार तीन सय १६ जनाको काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत परीक्षण गरिएको जानकारी दिएको छ ।

प्रदेशभरी अहिलेसम्म १९ हजार चार सय ८५ जनाको ¥यापिड टेस्ट गरिएको छ । जसमा विभिन्न जिल्लाका ३८ जनामा एन्टिबडी देखाएकोमा अहिलेसम्म ३५ जनाको मात्रै पीसीआरबाट पुष्टि गरिएको छ । ३५ जनामै कोरोना भने नदेखिएको निर्देशनालयले जनाएको छ । बाँकी तीन जनाको भने पीसीआर परीक्षण गर्न बाँकी छ ।