धनगढीको आइसोलेसनबाट १७ जना कोरोना जितेर घर फर्किए
2020/09/02, 4:35
 
korona

धनगढीमा रहेको महिला आइसोलेसन तथा होल्डिङ सेन्टरबाट १७ जना कोरोना जितेर घर फर्किएका छन्। भारतबाट फर्किएका उनीहरुलाई संक्रमण पुष्टि भएपछि ‘बी’ पोलिटेक्निक इन्स्टिच्युटमा स्थापना गरिएको आइसोलेसनमा राखिएको थियो। 

कोरोना पुष्टि भएपछि उनिहरुलाई १४ दिन आईसोलेसनमा राखेर पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको धनगढी उपमहानगरपालिकाका कोभिड सयोजक नारायण बरालले जानकारी दिए।

डिस्चार्ज हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का एक, ११ का ३, १२ का ५, १४ का २, १८ का ३, १९ का १ रहेका छन्। यस्तै डोटीका २ जनालाई डिस्र्चाज गरीएको उनले बताए। विभिन्न संघ सस्थाहरुको सहयोगमा आइसोलेसन सञ्चालन गरिएको छ।