धनगढीमा संक्रमितको संख्या २५७ पुग्यो, ८७ जनाको ट्राभल हिस्ट्री छैन्
2020/09/03, 8:42
 
corona

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या दुई सय ५७ पुगेको छ । प्रदेशमै पहिलो पटक गत चैत १४ गते कोरोना संक्रमण देखिएको धनगढीमा बुधवारसम्म दुई सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये ८७ जना ट्राभल हिस्ट्री नभएका संक्रमित रहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए । जुन कुल संक्रमितको ३४ प्रतिशत हो ।

जनस्वास्थ्य निरिक्षक उपाध्यायका अनुसार ट्राभल हिस्ट्री नभएका एक संक्रमितको मृत्यु भईसकेको छ । बधुवार मात्र ८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ८ जनाकै ट्राभल हिस्ट्री देखिएको छैन् । वडा नम्वर ५ का सात जना र वडा नम्वर ४ का एक जनाको ट्राभल हिस्ट्री नदेखिएको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए । ट्राभल हिस्ट्री नभएका संक्रमितमा स्थानीय शिक्षक, स्वास्थ्यकर्मी, व्यापारी, प्रहरी, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, सरसफाईकर्मी, कानुन व्यवसायी र केही सर्वसाधारण रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

उपमहानगरपालिकाका अनुसार धनगढीका सबै वडामा कोरोना फैलिएको छ । वडा नम्वर १ मा नौँ महिला र १८ पुरुष गरी २७ जना, वडा नम्बर २ मा तीन महिला र ६ पुरुष गरी नौँ जना, वडा नम्बर ३ मा ६ महिला र १५ पुरुष गरी २१ जना, वडा नम्बर ४ मा सात महिला र ११ पुरुष गरी १८ जनामा संक्रमण पुष्टि भएको छ । वडा नम्बर ५ मा १८ महिला र १८ पुरुष गरी ३६ जना, वडा नम्बर ६ मा चार पुरुष र एक महिला गरी पाँच जना, वडा नम्बर ७ मा पाँच महिला र सात पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको उप–महानगरपालिकाले जनाएको छ ।

वडा नम्बर ८ मा तीन महिला र चार पुरुष गरी सात जना, वडा नम्बर ९ मा तीन महिला र ६ पुरुष गरी नौँ जना, वडा नम्बर १० मा तीन पुरुष, वडा नम्बर ११ मा तीन महिला र पाँच पुरुष गरी आँठ जना संक्रमित रहेको उपमहानगरपालिकाले जनाएको छ । यस्तै वडा नम्बर १२ मा १४ महिला र २४ पुरुष गरी ३८ जना, वडा नम्बर १३ मा ४ पुरुष, वडा नम्बर १४ मा १२ महिला र १३ पुरुष गरी २५ जना, वडा नम्बर १५ मा दुई महिला र चार पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १६ मा तीन पुरुष, वडा नम्बर १७ मा एक महिला, वडा नम्बर १८ मा आँठ महिला र १० पुरुष गरी १८ जना र वडा नम्बर १९ मा चार महिला र तीन पुरुष गरी सात जनामा संक्रमण पुष्टि भएको छ । ट्राभल हिस्ट्री नभएका संक्रमितमा स्थानीय व्यापारी, शिक्षक, स्वास्थ्यकर्मी, प्रहरी, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, सरसफाईकर्मी, कानुन व्यवसायी र केही सर्वसाधारण रहेको स्वास्थ्य शाखाले जनाएको छ ।