धनगढीमा करेन्ट लागेर उप–महानगरपालिकाका कर्मचारीको मृत्यु
2020/09/10, 4:19
 

धनगढीमा करेन्ट लागेर उप–महानगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ।

धनगढी उप–महानगरपालीका वडा नम्बर ६ को शिवनगरमा रहेको विद्युत सर्भिस पोलमा राखिएको बत्तीको बल्ब जोडेर पोलबाट झरेर भर्याङ निकाल्ने क्रममा करेन्ट लागेर सोही ठाउँका ३२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षकक प्रतिक विष्टले करेन्ट लागेर घाईते भएका चौधरीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको बताए।

यस्तै करेन्ट लागेर सोही ठाउँका २२ वर्षीय खेमराज दाहाल पनि घाइते भएका छन्। उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

मृतक चौधरी धनगढी उपमहानगरपालिकाका करार सेवाका कर्मचारी हुन।