२५ सयमा पीसीआर परीक्षण गर्दै डडेल्धुरा अस्पताल
2020/09/10, 10:15
 
corona

डडेल्धुरा अस्पतालले दुई हजार पाँच सयमा पीसीआर परीक्षण गर्ने भएको छ । आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने छ । यसअघि अस्पतालले आपत्कालीन अवस्थामा एक घण्टाभित्र पीसीआर रिपोर्ट दिने जनाएको थियो ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको पत्र र अस्पताल विकास समितिको निर्णय अनुसार यो शुल्कमा पीसीआर जाँच गर्न सकिने अस्पतालले जनाएको छ । साधारण अवस्थामा नेपाल सरकारले जाँच गरिरहेको परिधिभित्र नपरेकाहरुलाई त्यो शुल्कमा पीसीआर जाँच गर्न सकिने अस्पतालका मेसु जगदीशचन्द्र विष्टले बताए ।

डडेल्धुरा अस्पतालमा बिहीबारसम्म तीन कोरोना भाइरस सङ्क्रमित छन् । दुई सातायता अस्पतालमा भर्ना भएका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र बिहीबार दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए ।