धनगढीमा मिनि जुः घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्द्र स्थापना
2020/09/10, 10:29
 
zoo

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी सामुदायिक वनमा घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्द्र स्थापना गरिएको छ । नगरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको घाईते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्रको बिहिबार उद्घाटन समेत गरिएको छ ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र डिभिजन बन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले एक कार्यक्रमका बिच घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्दको उद्घाटन गरेका हुन । धनगढी उपमहानगरपालिका र डिभिजन बन कार्यालय धनगढीको सहयोगमा घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्द्र स्थापना गरिएको थियो ।

2

नगर प्रमुख वडले शिवपुरी धाममा पर्यटक भित्राउनका लागि त्यस नजिकै मिनि जु स्थापना गरिएको बताए । बिहीबार एक वटा रतुवा र एक वटा चित्तललाई राखिएको बताए । उनले भने, यहाँ जनावरहरुको संख्या थप गरिदै लगिने छ । घाईते तथा टुहुरा बन्यजन्तुको यस आरक्षण केन्द्रमा उपचार गर्ने, संरक्षण गर्ने काम पनि गरिने छ नगर प्रमुख वडले भने, बन्यजन्तु हेर्न आउनेहरुका लागि यो ठाउँ खुला पनि गरिने छ ।

बन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्द्रलाई नमुनाको रुपमा विकास गर्न सकिने बताए । उनले भने, यसले पर्यटनलाई प्रवद्र्धन गर्ने र बन्यजन्तुको संरक्षण गर्ने काम संगसंगै हुनेछ ।