कर्मचारीमा कोरोना देखिएपछि वडा कार्यालय सिल, असोज ३ गतेसम्म कामकाज बन्द
2020/09/15, 9:21

धनगढी उप–महानगरपालिकाको एक वडा कार्यालय सिल गरिएको छ। वडा नम्वर १४ को कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको हो ।

सोमबार कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएसँगै असोज ३ गतेसम्मका लागि कार्यालय सिल गरिएको वडा अध्यक्ष रामबजारी चौधरीले जानकारी दिए । उनले ३ गतेसम्म कार्यालयबाट कुनै पनि सेवा प्रवाह नहुने जानकारी दिए ।
शुक्रबार पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा नमुना संकलन गरिएकोमा ती कर्मचारीमा सोमवार संक्रमण पुष्टि भएको हो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37