धनगढीमा २१ पिन्ट रगत सकंलन
2020/09/16, 12:36
 
raktadan dhangadhi

कोरोना भाईरसको संक्रमण बढ्दै गएका बेला रतगको अभाब हुन नदीन धनगढीमा रक्तदान गरीएको छ। लायन्स क्लब अफ धनगढी सिटि र धनगढी युबा क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा २१ पिन्ट रगत सकंलन भएको धनगढी युबा क्लबका अध्यक्ष मोहनराज ओझाले जानकारी दिए। 

उनका अनुसार कोरोना महामारीका बेला कसैले पनि रगत अभाबका कारण ज्यान गुमाउन नपरोस भन्ने उदश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

बार्षिक कार्यक्रम अनुसार लायन्स क्लब अफ धनगढी सिटि र धनगढी युबा क्लबले बिभिन्न सामाजीक कार्यक्रम गर्दै आएका छन्।