बाजुराको गौमुल गाउँपालिकाका सम्पूर्ण विद्यालय बिहीवारबाट सञ्चालन हुने 
2020/09/17, 3:15
 
corona

बाजुराको गौमुल गाउँपालिकाका सम्पूर्ण विद्यालय बिहीवारबाट सञ्चालन हुने भएका छन् । कोरोना भाइरस (कोभिड १९) का कारण पठन पाठन प्रभावित भएका गाउँपालिका भरिका सामुदायिक विद्यालयहरुको पठनपाठन बिहबिारबाट सञ्चालन गरिने भएको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् । 

गाउँपालिका भरिकै २२ वटा विद्यालयका प्रधानाध्यापक र शिक्षा क्षेत्रसँग सरोकारराख्ने निकाय संग गाउँपालिकाले छलफल गरे पश्चात बिहिरबार कक्षा सञ्चालन गर्ने गरी आवश्यक परामर्श र तयारी गरिएको उहाँले बताए । सम्बन्धित विद्यालयको व्यवस्थापनको अवस्था र राज्यले दिएको मापदण्ड पुरा गर्ने गरी विद्यालय स्तरमा कक्षा सञ्चालन गर्ने गरी छलफल गरिएको हो ।

टोल शिक्षण सिकाई र अन्य वैकल्पिक शिक्षा समेत प्रभावकारी नभएको भन्ने छलफलका आधारमा विद्यार्थी शिक्षण सिकाई निर्देशिका २०७७ बमोजिम नेपाल सरकारद्धारा गठित समिति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार र स्थानीय तह तथा स्थानीय प्रशासनद्धारा जारी मापदण्ड पालन गर्ने गरी गाउँपालिका क्षेत्रभित्रका सबै विद्यालय बिहिबारबाट शिक्षण सिकाई गर्ने व्यवस्थापनका लागि अनुरोध यसअघि सम्पूर्ण विद्यालयहरुलाई गरिएको अध्यक्ष रोकायाले बताएका छन् ।

गाउँपालिकाका कतिपय वडा दुर्गम क्षेत्रमा रहेकाले कक्षा शिक्षण बाहेक विल्कप नदेखिएकोले पनि अवस्था अनुसार व्यवस्थापन सहित विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् । विद्यालय कक्षा सञ्चालनका लागि विद्यालय पूर्ण सरसफाइ गर्ने, मर्मत सम्भार गर्ने, क्वारेन्टाइनमा प्रयोग भएका विद्यालयलाई निर्मुलीकरण गर्ने, शिक्षक विद्यार्थीहरुलार्ई अनिवार्य मास्कको व्यवस्थापन र भौतिक दुरी सहितको बसाई, हात धुने र साबुन पानीको उचित व्यवस्था सहित विद्यालय सञ्चालन गर्ने लागिएको उपाध्यक्ष थापाले बताईन् ।

कक्षा सञ्चालन गर्दा पनि विद्यार्थी संख्या, समय र सावधानि तथा सरसफाईको पूर्ण विषयलाई ख्याल गरी गाउँपालिका भरिका विद्यालय सञ्चालन गरिने भएका छन् ।

पाथरकोट माध्यामिक विद्यालयको पठन पाठन सुरु गरिदैं 
बडिमालिका नगरपालिका–४ रिलामा रहेको पाथरकोट निमाविको पठन पाठन भोलीबाट सञ्चालन गरिने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड १९) का कारण नराम्रोरी प्रभावित भएको शिक्षा क्षेत्र संगै रोकिएको पठनपाठन सञ्चालन गरिने भएको हो । 

कोभिड १९ रोकथाम र विद्यालयको नियमित पठनपाठन गर्ने प्रत्येक विद्यार्थीलाई २ वटा मास्क, साबुन र कार्यालयको लागि सेनिटाईजर वितरण गरिएको छ । सामाजिक दुरी कायम गरेर पठनपाठन गरिने भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिर बहादुर सिंह अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अथिति वडा अध्यक्ष सुरेन्द्र नाथ रहरनुभएको थियो ।

कार्यक्रममा व्यवस्थापन समितिका पदाअधिकारी, प्रधानाध्यापक उद्धव नाथ र शिक्षक लगायत सहभागिता रहेको विद्यालयका शिक्षक मन नाथ योगीले बताएका छन् ।