कैलालीका शैक्षिक संस्थामा पठनपाठन सञ्चालन गर्न माग 
2020/09/20, 7:41
 
school

कैलालीका विद्यार्थी संगठनले शैक्षिक संस्था सञ्चालन गर्न माग गरेका छन् । संगठनहरुले अहिले विद्यालय तथा क्याम्पसले सञ्चालन गरिरहेको वैकल्पिक सिकाई प्रभावकारी नभएकाले शैक्षिक संस्था सञ्चालन गरेर पठनपाठन सुरु गर्न आग्रह गरेका हुन ।

आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका संयोजक कुमार बडैला, नेपाल विद्यार्थी संघका सदस्य ओम जंग सिह, अखिल (क्रान्तिकारी) का अध्यक्ष पुष्कर जोशी, अखिल छैठौंका अध्यक्ष जनक आर्चाय, अखिल (क्रान्तिकारी)का अध्यक्ष सुभास किरण जोशी र समाजवादी विद्यार्थी यूनियनकी प्रतिनिधी निलम कुमारी चौधरीले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक संस्था सञ्चालन गर्नुपर्नेसहित ८ बुँदे माग राखेका छन ।  

विद्यार्थी संगठनहरुले कोरोनाका कारण मारमा परेका विद्यार्थी, गरिब तथा विपन्न मजदूरको कोठाभाडामा सहुलियत र राहत प्याकेज घोषणा गर्नुपर्ने, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलबको व्यवस्था गर्नुपर्ने, अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्नुपर्ने, भाडामा विद्यार्थीलाई सहुलियत दिनुपर्ने लगायतका माग राखेका छन् ।

1