थुनुवामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल, सम्पर्कमा रहेका सबैको परिक्षण गर्ने तयारी
2020/05/22, 6:52

थुनुवामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएको छ । एक जना थुनुवामा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएको हो ।

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका शिवनाथ गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएको हो ।
बैतडीका प्रमुख नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले थुनुवामा रहेका युवकका कोरोना पुष्टि भएपछि कार्यालय सिल गरिएको बताए ।
संक्रमितको सम्पर्कमा रहेका सबैको परिक्षण गर्ने तयारी गरिएको छ । संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तव्य ज्यानको मुद्धामा पक्राउ गरिएको थियो । उनी चैत ६ गते भारतबाट आएका थिए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/23, 5:29
2020/12/14, 7:32
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/01, 1:17