सुदूरपश्चिमका शैक्षिक संस्था सञ्चालन गर्न विद्यार्थी संगठनहरुको माग
2020/09/23, 7:03
 
scrab tifacee

सुदूरपश्चिमका शैक्षिक संस्था सञ्चालन गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन्। बुधबार प्रदेशका ६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै वैकल्पिक सिकाई प्रभावकारी नभएको र शैक्षिक सत्र खेर जाने भन्दै स्वास्थ्य सर्तकता अपनाएर शैक्षिक संस्थामा पठनपाठन सुुरु गर्न माग गरेका हुन।  

नेविसंघका केन्द्रय सह–महामन्त्री अच्युतराज कलौनी, अनेरास्ववियूका केन्द्रिय सदस्य भीम भट्ट, अखिल क्रान्तिकारीका सेती–महाकाली संयोजक विरेन्द्र शाह, समाजवादी विद्यार्थी यूनियनका सुदूरपश्चिम ईन्चार्ज तथा केन्द्रीय सदस्य भरत लिसानी, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुर्दशन साउँद र अखिल छैँटौका सुदूरपश्चिम सदस्य पुष्कर भट्टले संयुक्त विज्ञिप्त जारी गर्दै विभिन्न १४ बुँदे माग राखेका छन्। 

विद्यार्थी संगठनहरुले अनलाईन कक्षाका नाममा चर्को शुल्क लिएको, सामुदायिक विद्यालयहरुले भर्ना र मासिक शुल्क उठाएको, सामुदायिक विद्यालयमा व्यवस्थापन गरिएको क्वारेन्टिन नहटाइएको भन्दै तत्काल ती कुरामा कारवाही गर्न अनुरोध गरेका छन्। 

साथै सरकारी विद्यालयमा भर्ना तथा मासिक शुल्क नलिन, सिटिइभिटीको भर्ना समयअवधि थप्न, रजिस्ट्रार र आयोग अध्यक्षको नियुक्ति गरी सुदूरपश्चिम विश्व विद्यालयमा भएको बेतिथीलाई रोक्न, विद्यार्थीलाई यातायात तथा घरभाडामा सहुलियतको व्यवस्था गर्न समेत उनीहरुले माग गरेका छन्।