क्याम्पस पढाउने प्रोफेसर पोल्ट्री फर्ममा कुखुरा स्याहार्दै 
2020/09/28, 9:32
 
puskar pant

कैलाली बहुमुखी क्याम्पसमा कार्यरत एक जना प्रोफेसर पोल्ट्री फर्ममा कुखुरा स्याहार्न व्यस्त भएका छन् । क्याम्पसकै होटल म्यानेजमेन्टका सह–प्राध्यापक नरेन्द्र शाहले मासु पसल चलाउन थालेका वेला सोही क्याम्पसका प्रशासन फाँट अन्तर्गतको ल्याब इन्चार्ज पुष्कर पन्त भने कुखुरा स्याहार्न व्यस्त भएका हुन् । कोरोना संक्रमण पछि वैकल्पिक व्यवसायमा जुटेको पन्त बताउँछन् । 

1

धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका पन्त कोरोना कहर सुरु भएपछि क्याम्पस बन्द हुँदा पोल्ट्री फर्ममा कुखुरा स्याहारिरहेका छन । पन्तले क्याम्पसको जागिरसँगै घर नजिकै एक करोडको लगानीमा पोल्ट्री फर्म समेत खोलेका छन् । उनले मासु भन्दा पनि अन्डालाई सुदूरपश्चिमका नौ जिल्लामा विस्तार गर्ने सोच बनाएका छन् ।

1

कामलाई सम्मान गर्नुपर्ने सोच भएका उनलाई अहिले अण्डाको माग पुराउन भ्याई नभ्याई छ । हजारौं अण्डाहरुमा एक दिनमा बजारमा पुराईरहेका छन् । आफै कुखुरालाई दाना दिनेदेखि अण्डा प्याकिङ गर्दै बजारसम्म पुराउने काममा उनको दैनिकी वितिरहेको छ । पहिले क्याम्पसमा विद्यार्थीहरुसँग रहने उनी अहिले फर्मका कुखुरासँग रमाईरहेका छन् । आम्दानी पनि सोचे अनुसार नै हुँदा उनी सन्तुष्ट पनि छन् । 

2

बहुमुखी क्याम्पसमा काम गर्ने पन्तले विकल्पको पोल्ट्री फर्म सुरु गरे । ऐश्वर्य विद्या निकेतनबाट साइन्स पढेर उनी थप अध्ययनका लागि काठमाडौं स्थित नाष्ट कलेजमा भर्ना भए । त्यहाँ अध्ययन पुरा गरेपछि सोही कलेजमा काम गर्न थाले । ५ वर्षसम्म नाष्टमा काम गरे । कैलाली बहुमुखी क्याम्पसमा फिजिक्स, क्यामेष्ट्री र बायोलोजीमा पन्त काम गर्छन् ।

2

समाजसेवा त उनको रुचीमै छ । कैलाली गाउँमा उनकै पहलमा एकता क्लव गठन भयो । लामो समयसम्म क्वलको अध्यक्ष भएर काम गरे । त्यसपछि कैलाली गाउँमा किङ्गफिसर इङलिस बोर्डिङ स्कुल सञ्चालनमा ल्याए । सामाजिक काममा उनको सहभागीता रहदै आएको छ ।