लायन्स क्लब अफ धनगढी खप्तडको आयोजनामा निःशुल्क आँखा परिक्षण र औषधी वितरण कार्यक्रम सम्पन्न
2020/09/30, 8:31

लायन्स क्लब अफ धनगढी खप्तडको आयोजना तथा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ को सह-आयोजनामा २ दिने निःशुल्क आँखा परिक्षण र औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ । असोज १० गतेदेखि सुरु भएको कार्यक्रम सोमबार सम्म २५३ जनाको निःशुल्क उपचार तथा परामर्श दिएर सम्पन्न भएको हो ।
आँखा सम्बन्धिका बिरामीहरुलाई मध्येनजर गर्दै सुरु भएको शिविरमा २५३ जनाको चेकजाचँ गर्दा ४३ जनाको शल्यक्रिया गर्नु पर्ने देखिएको र उनीहरुको निःशुल्क शल्यक्रिया गर्ने प्रक्रिया थाल्ने क्लबका सचिव समेत रहेका डा. युवराज जोशीले जानकारी दिए ।
उनले प्रदेश सभा सदस्य कुलबिर चौधरीको विशेष आग्रहमा शिविर सम्पन्न गर्न सफल भएको बताए । शिविरको सामाजिक दुरी तथा व्यक्तिगत सुरक्षाको समेत ख्याल गर्दै प्रदेश सभा सदस्य चौधरीले उद्घाटन गरेका थिए ।
यसैगरी शिविरमा भलमन्सा कार्य समितीका बिक्रम चौधरीको समेत विशेष सहयोग रहेको थियो । आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रम गर्ने क्लब का अध्यक्ष हरि धामीले प्रतिबद्धता व्यक्त गरे ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/07/18, 6:02
2020/05/28, 7:10
2020/09/28, 9:08