कोरोना लागेको कति दिनमा देखिन्छ लक्षण ?
2020/10/08, 12:31
 
corona

कोरोना महामारीका कारण विश्व आक्रान्त बनेको छ । नेपालमा पनि केही दिन यता संक्रमितको संख्या निकै बढेको छ । 

्रुघा खोकीसँग मिल्दो जुल्दो लक्ष्यण देखिने भएका कारण कोरोना लागे नलागेको सुरुमै पत्ता लगाउनमा गारो पर्छ । जब थाहा हुन्छ त्यतिबेला सबै लक्ष्यण एकै पटक देखिन्छ । त्यसैले हामीले यहाँ कोरोनाका प्रारम्भिक लक्षयणबारे जानकारी गराउँदै छौं ।

१. शुरुमा ज्वरो आउँछ र बिस्तारै सुख्खा खोकि र रुघा लाग्दछ ।
२. शरीरको मांसपेशीमा पीडा हुन्छ । अचानक आलश्य बढ्दछ ।
३. केहिको गला सुन्निने समेत हुनसक्छ ।
४. पाचौं दिनसम्ममा स्वास फेर्न ग्राहो हुन थाल्दछ ।
५. विशेषत वृद्ध मानिसमा यो समस्या बढि देखा पर्दछ ।
६. लगभग सातौं दिनसम्ममा संक्रमित आफुलाई निकै बिरामी महशुस गर्दछन् ।
७. आठ दिनपछि संक्रमण नियन्त्रण नभएमा फोक्सोमा समस्या शुरु हुने गर्दछ ।
८. यसले अक्सीजन लिन ग्राहो हुन्छ र छातिमा अत्यधि पिडा हुन्छ ।
९. कोरोना भाइरसको संक्रमण २ दिनदेखि १० दिनभित्र देखिसक्छ ।
१०. मानिस बाहिर बिरामी नदेखिएकाले अरुलाई सर्ने सम्भावना उच्च हुन्छ ।

कसरी राख्ने ख्याल ?
१. आसपासमा सरसफाइमा ध्यान दिनुहोस् ।
२. अनिवार्य मास्कको प्रयोग गर्ने ।
३. बारम्बार २० सेकेण्डभन्दा बढि साबुन पानीले हात धुने ।
४. बिना काम घर बाहिर ननिस्कने ।
५. दैनिक प्रयोगमा आउने साझा सामाग्रीको प्रयोग बन्द गर्ने ।
६. भान्सा, टेबल वा कुनै पनि सतह छोएपछि सतह र हात दुबै स्यानिटाइज गर्ने ।
७. कपडा, ओच्छ्यान तथा अन्य सामाग्रीको पहिलेभन्दा बढि सरसफाई गर्ने ।
८. टेलिभिजन, कम्प्युटर, एसि लगायका रिमोटलाई सबैले नछुने ।
९. अनिवार्य सामाजिक दुरीको नियम पालना गर्ने ।
१०. तातो र रोगप्रतिरोधात्मक वस्तुको सेवन गर्ने ।